हरिसिद्धि दुर्घटना : प्रदेश मन्त्रीको गाडी चालक नियन्त्रणमा
सारांश
- कोशी प्रदेशका मन्त्री राम रानाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, जसले एक बालिकालाई ठक्कर दिएका थिए।
- ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशनमा जाँदै गर्दा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको थियो।
- दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरे, र प्रधानमन्त्रीले यसलाई सामान्य दुर्घटना भनेका थिए।
काठमाडौँ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएकी थिइन् ।
दुर्घटनापछि सो गाडीका चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । उनले भने– ‘चालकलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग बाँडे गाउँमा राखिएको छ ।’
ललितपुरको गोदावरीमा नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका रानाको गाडीले बालिकालाई ठक्कर दिएको थियो । बीएण्डबीमा उपचार पछि बालिकालाई अस्पतालले डिस्चार्ज गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले रातोपाटीलाई बाए । उनले भने– ‘घटना अनुसन्धानको क्रममा छ ।’
बालिकाको उपचार खर्च सवारी चालक पक्षले गरेका छन् । घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घिमिरे र एसएसपी श्यामकृष्ण अधिकारीले घटनास्थल निरीक्षण गरेका छन् । यात्रुले जेब्रा क्रसिङ्गपछि टर्न गरेर बाटो काट्न खोज्दा गाडी पास हुने बेला उनलाई ठक्कर दिएको देखिएको प्रजिअ घिमिरेले बताए ।
दुर्घटना भएपछि मन्त्री सवार गाडी नरोकी सरासर हिँडेको थियो । हरिसिद्धिका स्थानीयले आक्रोशित भएर सडक अवरुद्ध गरेपछि नेकपा (एमाले)को विधान महाधिवेशन ढिला सुरु भएको थियो । विधान महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो दुर्घटनालाई ‘सामान्य दुर्घटना’ भनेर टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
-
कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण