अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्ष दामा शर्मालाई बनाउने तयारी
सारांश
- अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षमा दामाकुमारी शर्मा चयन लगभग पक्का भएको छ।
- पार्टी अध्यक्ष प्रचण्डले शर्मालाई अध्यक्ष बनाउन निर्देशन दिएका कारण सुवेदीको सम्भावना कम छ।
- सातौँ राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयन गर्न नसकेको र नेतृत्व चयन भदौ २७ गते हुने भएको छ।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) निकट महिला संगठन अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) को अध्यक्ष पदमा दामाकुमारी शर्मा हुने लगभग पक्का भएको छ । अध्यक्ष पदका लागि केन्द्रीय सदस्यद्वय शर्मा र विमला सुवेदी प्रतिस्पर्धामा रहेकी थिइन् । तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई अध्यक्ष बनाउन भनिसकेकाले सुवेदीको सम्भावना नरहेको स्रोतको दाबी छ ।
‘पार्टी अध्यक्षले नै दामाजीलाई अध्यक्ष बनाउने भनिसक्नुभएको छ । नयाँ कार्यसमितिको शपथ ग्रहण शनिबार नै राखेका थियौँ । प्रचण्डले २७ गते गरौँ भन्नुभएकाले सोही दिन नेतृत्व चयन र शपथग्रहण हुन्छ’, रातोपाटीसँग स्रोतले भन्यो ।
सहिद परिवारकी सदस्य रहेकी उनी संविधानसभा सदस्य लुम्बिनी प्रदेश समितिकी सभापति हुन् । स्थायी घर दाङ रहेकी शर्मा २०६४ सालको संविधानसभा निर्वाचनमा दाङ–२ निर्वाचित भएकी थिइन् ।
यस्तै प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहेकी सुवेदी नुवाकोटकी हुन् । उनी पनि २०६४ सालको निर्वाचनमा नुवाकोट–१ बाट निर्वाचित भएकी थिइन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएकी थिइन् ।
भदौ १८–२० सम्म प्रज्ञाभवन कमलादीमा भएको सातौँ राष्ट्रिय महाधिवेशनले केन्द्रीय समिति चयन गरेपनि पदाधिकारी चयन हुन सकेको थिएन । पार्टी नेतृत्व मध्यपहाडी लोकमार्ग अभियानका क्रममा पोखरा गएकोले २७ गते नेतृत्व चयन हुने अध्यक्ष अमृता थापाले जानकारी दिइन् ।
‘पार्टी नेतृत्व मध्यपहाडी लोकमार्ग अन्तर्गत अभियानका लागि पोखरा जानुभएको छ । उहाँहरू भदौ २५ गते काठमाडौँ फर्किँदै हुनुहुन्छ । त्यसपछि मात्र नयाँ नेतृत्व चयन हुन्छ’, उनले भनिन् ।
थापाका अनुसार सातौँ राष्ट्रिय सम्मेलन कार्यविधि २०८२ बमोजिम १७ जना पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय समिति रहेको छ । त्यसमध्ये १९२ सदस्य केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित र बाँकी मनोनीत प्रक्रियाबाट आउने बताइन् । बन्दसत्रबाट अहिले जम्मा १७३ जना केन्द्रीय सदस्य निर्वाचित भइसको थापाले जानकारी दिइन् ।
नयाँ कार्यविधि अनुसार पदाधिकारीको संरचना अध्यक्ष १, उपाध्यक्ष ८, महासचिव १, सचिव ६ र कोषाध्यक्ष १ गरी १७ सदस्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण