मुलुक र जनताको रगत, पसिना चुसेर देश लुट्नेहरूलाई अब देशबाटै लखेट्न जरूरी छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुक र जनताको रगत, पसिना चुसेर देश लुट्नेहरूलाई अब देशबाटै लखेट्ने बेला आएको उद्घोष गरेका छन् ।
‘प्रवासी नेपालीहरूको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले आज (आइतबार) भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको भेला एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राजनीतिको नाममा व्यापार गरेर दरबार ठडाएकाहरूलाई अब सात डाँडो कटाउने बेला आइसकेको र यसमा ढिलाइ गर्न नहुने टिप्पणी गरे ।
‘देश र जनताको रगत, पसिना चुसेर देश लुट्नेहरूलाई अब देशबाटै लखेट्न जरूरी छ । युवा पुस्ताको हस्तक्षेप स्वागतयोग्य छ । बङ्गलादेशमा विद्यार्थीले सुरु गरेको अभियान आन्दोलनमा परिणत भएर शासन–सत्ता ढालेको ताजा इतिहास छ,’ आजपा अध्यक्ष साहले भने, ‘राजनीतिको नाममा व्यापार गरेर दरबार ठडाएकाहरूलाई अब सात डाँडो कटाउने बेला आयो । ढिला गरे देश खोक्रो बनेको हेर्नुबाहेक अर्को विकल्प हुँदैन ।’
भ्रष्टाचार गरेर सम्पत्ति विदेश पुर्याउनेहरुलाई अब टुँडिखेलमा झुन्ड्याउन ढिलाइ गरे मुलुक नबन्ने बताउँदै उनले युवाहरूले अब खोजीखोजी भ्रष्ट, दलालहरूलाई कारबाही गर्नुपर्ने आवश्यकता भइसकेको बताए ।
नेपाली कांग्रेस, नेकपा एमालेको अप्रजातान्त्रिक, असंवैधानिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारले मुलुकमा लुट, भ्रष्टाचार र मनोमानी गर्दै मुलुकको आर्थिक अवस्था धराशायी बन्दै गइरहेको साहले बताए । सरकारले जनताको आवाज दबाउन अहिले नेपालमा सामाजिक सञ्जाल बन्द गरेर निरंकुशताको अभ्यास गरिरहेको समेत उनले बताए ।
एमाले पार्टी नभई अपराधी, भ्रष्ट र दलालहरूको एक साझा सङ्गठन जस्तै भइसकेको टिप्पणी उनले गरे ।पूर्वमन्त्री साहले केपी ओली, शेरबहादुर देउवा, प्रचण्डका कारण अहिले नेपालमा लोकतन्त्रको चीरहरण भएको टिप्पणीसमेत गरे ।
यी नेताहरूका कारण लोकतन्त्रको चीरहरण भई मुलुकमा भ्रष्टाचार, अनियमितता बढ्दै जाँदा चारैतिर निराशा छाएको टिप्पणी उनले गरे ।
भारतमा नेपाली भनेपछि बहादुरमात्रै नभई इमानदार नागरिकको छवि बनेको पनि उनले स्मरण गराए । भारतको समृद्धिदेखी सीमाको रक्षा गर्ने नेपालीको योगदानको चर्चा गर्दै साहले आगामी दिनमा सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण