नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजु बाबरा निर्विरोध निर्वाचित
सोमबार, २३ भदौ २०८२, ०७ : २३
सारांश
- उद्योगपति बैजु प्रसाद बाबरा नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्।
- अध्यक्ष बाबराले यसअघि मदिरा उद्योग सम्बन्धी कर नीति र उत्पादन प्रणालीलाई व्यवस्थित गर्न पहल गरेका थिए।
- संघले मदिरा उद्योगलाई व्यवस्थित, दिगो र उत्तरदायी बनाउन पुनः उनलाई जिम्मेवारी दिएको छ।
रौतहट । नेपाल मदिरा उत्पादक संघको पाँचौँ अधिवेशनबाट उद्योगपति बैजु प्रसाद बाबरा दोस्रो कार्यकालका लागि केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यसअघि पनि उनले सफलतापूर्वक संघको नेतृत्व गरिसकेका छन् ।
रौतहटका उद्योगी बाबराले आफ्नो पहिलो कार्यकालमा मदिरा उद्योगसँग सम्बन्धित कर नीति, सरकारी नियमन, उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित गर्न महत्त्वपूर्ण पहल गरेका थिए । उनले उद्योगमा हुने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, गुणस्तर सुनिश्चितता र वैधानिक उत्पादनलाई प्रोत्साहन गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए । संघले मदिरा उद्योगलाई अझ व्यवस्थित, दिगो र उत्तरदायी बनाउने जिम्मेवारी पुनः बाबरालाई सुम्पेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण