तीन छोराछोरीसहित चार वर्षदेखि फरार रहेका पिता प्रहरी इन्काउन्टरमा मारिए
काठमाडौँ । न्युजिल्याण्डमा लगभग चार वर्षदेखि आफ्ना तीन छोराछोरीसहित फरार रहेका एक व्यक्तिलाई सोमबार प्रहरीले इन्काउन्टरमा गोली हानी हत्या गरेको छ । ती व्यक्ति २०२१ देखि त्यहाँको प्रहरीको लागि सबैभन्दा ठूलो पजल बनेका थिए ।
न्यूजिल्याण्डका कार्यवाहक उप–प्रहरी आयुक्त जिल रोजर्सले मृतक टम फिलिप्स भएको बताएका छन् । फिलिप्सको परिवारले पनि स्थानीय मिडियालाई उनको मृत्युको पुष्टि गरेको छ ।
घटना सोमबार बिहानको हो । फिलिप्सले आफ्नो एक बच्चाको साथमा कृषि सामान पाइने पसलमा चोरी गरेका थिए । प्रहरी आइपुग्ने बित्तिकै उनले गोली चलाए, जसमा एक प्रहरी अधिकारीको टाउकोमा गम्भीर चोट लाग्यो । अधिकारी गम्भीर अवस्थामा रहेको उनको शल्यक्रिया भएको बताइएको छ । यसपछि, फिलिप्सलाई घटनास्थलबाट गोली हानी मारिएको थियो र उनीसँगै रहेको एक बच्चालाई प्रहरीले हिरासतमा लिइएको थियो ।
फिलिप्सका अन्य दुई बालबालिका अझै बेपत्ता छन् । उनीहरूको सुरक्षाबारेमा प्रहरीलाई गम्भीर चिन्ता छ । हिरासतमा लिइएको बच्चाले अनुसन्धानमा सहयोग गरिरहेको छ ।
यी चार वर्षमा बालबालिकाले विद्यालयमा शिक्षा, स्वास्थ्य सेवामा पहुँच केही नपाएको प्रहरीको भनाइ छ । कसैले फिलिप्सलाई धेरै वर्षसम्म लुक्न मद्दत गरेको हुन सक्ने प्रहरीको विश्वास छ ।
गत वर्ष फरार फिलिप्सिको सूचना दिनेलाई ८० हजार न्यूजील्याण्ड डलरको इनाम र बालबालिकाहरू फेला पार्न जानकारी दिनेहरूलाई कानुनी छुट दिने वाचा गरिएको थियो । तर कुनै ठोस जानकारी फेला परेन । २०२१ को सेप्टेम्बरमा पनि फिलिप्स बालबालिकासहित बेपत्ता भएका थिए । उनीमाथि चोरी, बैंक डकैती र अवैध हतियार राखेको अभियोग लागेको थियो। फिलिप्सले कम्तीमा दुई पटक बैंकमा डकैती गरेको प्रमाण भेटिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण