६० देशबाट आउँछ नेपालमा विदेशी लगानी
काठमाडौं । नेपालमा ६० देशबाट विदेशी लगानी आउने गरेको छ । नेपाल राष्ट्र बैंकले सन् २०२४ मा गरेको सर्वेक्षण अनुसार तीन देशले मात्रै कुल विदेशी लगानीको कुल ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार सर्वेक्षण अवधिसम्म देशमा कुल ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको कुल विदेशी लगानी कायम छ । यसमध्ये चुक्ता पुँजीको रुपमा १ खर्ब ६८ अर्ब ६१ करोड, रिजर्भको रुपमा १ खर्ब २२ अर्ब २ करोड, ऋणको रुपमा ४८ अर्ब ३२ करोड रुपैयाँ रहेका छन् ।
विदेशी लगानीमध्ये सबैभन्दा धेरै आउने देश भारत रहेको छ । हाल भारतको मात्रै १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी रहेको राष्ट्र बैंकको तथ्यांक रहेको छ, जुन ३२.२ प्रतिशत बराबर हो ।
त्यस्तै, चीनबाट ३३ अर्ब ८२ करोड रुपैयाँ अर्थात् १०.२ प्रतिशत, सिंगापुरबाट २७ अर्ब ६६ करोड अर्थात् ८.३ प्रतिशत, आयरल्यान्डबाट २३ अर्ब १४ करोड अर्थात् ७ प्रतिशत, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड अर्थात् ६.१ प्रतिशत तथा अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड अर्थात् ५.९ प्रतिशत लगानी प्राप्त भएको छ ।
त्यस्तै, वेस्ट इन्डिजबाट १४ अर्ब ७५ करोड अर्थात् ४.४ प्रतिशत, अमेरिकाबाट १३ अर्ब ८२ करोड अर्थात् ४.२ प्रतिशत, आइल अफ म्यानमा ११ अर्ब ४० करोड अर्थात् ३.४ प्रतिशत, हङकङबाट ११ अर्ब ३ करोड अर्थात् ३.३ प्रतिशत र अन्य बाँकी ५० देशबाट ४९ अर्ब ७७ करोड अर्थात् १४.९ प्रतिशत विदेशी लगानी प्राप्त भएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण