जेनजी प्रदर्शन
ट्रमा सेन्टरमा ७ जनाको मृत्यु, ४ जनाको सनाखत
सोमबार, २३ भदौ २०८२, १६ : ४४
काठमाडौँ । जेनजी पुस्ताका युवाहरूले सोमबार गरेको प्रदर्शनमा गोली लागेर घाइते भएका ७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रमामा उपचार गराइरहेका सात जनाको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।
श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको छ । पवन शाहीको पेटमा गोली लागेको ट्रमा सेन्टरका एक जना चिकित्सकले बताए ।
सुनसरी घर भएका करिब २९ वर्षीय पुरुषको सनाखत भएको छैन । त्यस्तै दुई जना पुरुषको सनाखत हुन सकेको छैन । प्रहरी स्रोतका अनुसार मृतकको सङ्ख्या १३ जन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण