एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा १० प्रतिशतसम्म छुट
सोमबार, २३ भदौ २०८२, १६ : ४९
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै बैंकका ग्राहकहरुले बुटबलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा एडमिसन चार्ज, ओटी चार्ज, ल्याब चार्ज, औषधि र फार्मेसीजस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण