खानेपानी मन्त्री यादवद्वारा राजीनामा
मङ्गलबार, २४ भदौ २०८२, १२ : १६
सारांश
- खानेपानी मन्त्री प्रदीप यादवले सामाजिक सञ्जालमार्फत मन्त्री पदबाट राजीनामाको घोषणा गरे।
- उनले युवा पुस्ताको आन्दोलनको समर्थन र सरकारको दमनको विरोध गर्दै राजीनामा दिएका हुन्।
- उनले युवा पुस्तालाई संयमता अपनाई सही मार्गनिर्देशन दिन आग्रह गरेका छन्।
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार उनले आफ्नो सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
उनले भनेका छन्,‘प्रिय युवा भाइ बहिनीहरू तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोस र ऊर्जाका सुत्रधार हुनुहुन्छ । हिजो ‘जेन जी’ युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण