हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा
सारांश
- हेटौँडा बजार क्षेत्रमा सेना परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
- बुद्ध चोक र सिमाचोक क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ, र आपत्कालीन अवस्था बाहेक हिँडडुल बन्द गरिएको छ।
- जिल्ला प्रशासन कार्यालय मकवानपुरले लगाएको कर्फ्यु बुधबार राति १० बजेसम्म लम्ब्याइएको छ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । नेपाली सेनाको टोली परिचालन गरेर हेटौँडा बजारको मुख्य चोकसम्म सुरक्षा व्यवस्था गरिएको हो ।
हेटौँडा बजारको बुद्ध चोक सिमाचोक क्षेत्रमा सेनाले सुरक्षा व्यवस्था कडा गरेको छ । सेनाको टोलीले बुद्ध चोक क्षेत्र आवतजावत गर्न रोक लगाइएको छ । अस्पताल वा आपत्कालीन कामबाहेक हिँडडुलमा रोक लगाएको छ भने सवारीहरूलाई बजारको मुख्य चोक बाहेक वैकल्पिक मार्ग प्रयोग गर्न सेनाहरू निर्देशन गरिएको छ ।
_h0nTslMBjE.jpg)
मुख्य बजार क्षेत्र प्रवेश गर्ने सबै शाखा बाटोमा आवतजावत गर्ने पैदलयात्रुलाई समेत सेनाले रोकेर सोधपुछ गरिरहेको छ । हेटौँडा बजार प्रवेश गर्ने ४ नै सिमानामा सेनाको टोली खटाइएको छ । पूर्वतर्फ कान्ति राजपथ स्थित कृषि विकास बैंकमा नै सवारी साधन र सर्वसाधारणलाई रोकिएको छ भने दक्षिण तर्फ बाइपास रोडबाट प्रवेश रोकिएको छ ।
उत्तरमा चौकीटोल ओरालो (उद्योग वाणिज्य सङ्घ मकवानपुर)बाट बजार प्रवेशमा रोक लगाइएको छ भने पश्चिममा जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेट (चाइना गेट)बाट सवारी तथा सवारी साधनलाई रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार दिउँसो १ बजेबाट जारी गरेको कर्फ्यु आदेश लम्ब्याएको छ । प्रशासन कार्यालयले राति १२ बजेसम्मका लागि लगाएको कर्फ्यु आदेश बुधबार राति १० बजेसम्म कायम रहने गरी सूचना जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण