नेपालको आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता
सारांश
- संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरे।
- उनले घटनाको छानबिन गर्न, हिंसा रोक्न र संवादमार्फत समाधान खोज्न आग्रह गरे।
- महासचिव गुटेरेसले सरकारलाई मानव अधिकार कानूनको पालना गर्न र नागरिकलाई शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरे।
काठमाडौं । नेपालमा 'जेनजी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस घटनाको गहन छानबिन गर्न, थप हिंसा हुन नदिन संयमता अपनाउन र रचनात्मक संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन्।
महासचिव गुटेरेसले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाल सरकारलाई मानव अधिकार कानूनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न र जीवन तथा सम्पत्तिको सम्मान गर्न पनि आह्वान गरेका छन्।
नेपालको स्थिति नजिकबाट नियालिरहेको बताउँदै गुटेरेसले थप मानवीय क्षति हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले संवाद र शान्तिपूर्ण उपाय नै कुनै पनि समस्याको समाधान रहेकोमा जोड दिनुभएको छ।
I'm closely following the situation in Nepal & I'm deeply saddened by the loss of life.
— António Guterres (@antonioguterres) September 9, 2025
I urge a thorough investigation, restraint to avoid further escalation of violence & dialogue towards forging a constructive path forward.
I call on the authorities to comply with human…
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण