योगेश भट्टराईले भने- हामीबाट भएका कमजोरीको समीक्षा गरौँ
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भएका कमजोरीको समीक्षा गर्न आह्वान गरेका छन् । मुलुक इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको बताउँदै उनले ‘जनतामा जाऔँ, जनतालाई सुनौँ र निर्णय गरौँ’ भनेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बुधबार लेख्दै भट्टराईले देश र समाज भयानक अस्थिरतामा रहेको र सबै तनावमा भएको बताएका छन् । ‘यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्याउँदैन’ भन्दै उनले गर्नुपर्ने कामका बारेमा १० सुझाव दिएका छन् ।
‘विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ, हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । गल्तीप्रति आत्मालोचित होऔँ,’ भट्टराईले भनेका छन्, ‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होसियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।’
साथै, उनले पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गर्दै पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाउन आह्वान गरेका छन् ।
उनले लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानुनको शासन जबजको आत्मा भएकाले यसबाट दायाँ-बाँया नजान पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।
खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुपर्ने भएकाले नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गर्नुपर्ने भट्टराईले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण