पूर्वमुख्यमन्त्री राईको प्रश्न : झलनाथ पत्नी रविलक्ष्मीको अपराध के थियो ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले जेनजी आन्दोलनको क्रममा झलनाथ खनालकी पत्नीमाथि आक्रमण हुनु राजनीतिक मर्यादामाथिको धक्का भएको बताएका छन् ।
जेनजी प्रदर्शनकारीले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवासमा आगजनी गर्दा उनकी पत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी छिन् । नेता राईले उक्त आक्रमणलाई घोर आपराधिक कृत्य भएको बताएका छन् ।
उनले प्रश्न उठाएका छन्, ‘प्रा. रविलक्ष्मीको अपराध के थियो ? उहाँ पञ्चायतकालीन कठिन घडीमा भूमिगत भई आन्दोलनमा सक्रिय जाज्वल्यमान नेतृ हुनुभयो । पछि परिवार चलाउन दुवै जना राजनीतिमा सक्रिय हुन सम्भव नभएपछि राजनीतिबाट अलग भई प्राध्यापन जस्तो पवित्र पेसामा लाग्नुभयो । श्रीमान शक्तिशाली पदमा हुँदा पनि गुमनाम जीवन रुचाउनुभयो । न त शक्ति प्रयोग गर्न खोज्नुभयो, न त गलत बाटो रोज्नुभयो ।‘
उनले अगाडि लेखेका छन्, ‘नेता झलनाथ खनाल छोटो समय प्रधानमन्त्री भए, मन्त्री भए, तर कहिल्यै भ्रष्टाचारमा जोडिएनन् । प्रतिष्ठानले सर्पपालन वा एन्टिभेन्डम अभियानसँग जोडेर बदनाम गर्न खोजिएको भए पनि त्यसमा उहाँको प्रत्यक्ष संलग्नता थिएन । नाम जोडिएको आधारमा दोष देखाउने हो भने मदन भण्डारी मार्गमा भएको भ्रष्टाचारका आधारमा स्वर्गीय मदन भण्डारीलाई भ्रष्टाचारी भन्नु जस्तै हास्यास्पद हुन्छ ।‘
राईले पुराना दलका केही मान्छेले गल्ती गरेको भन्दै निर्दोषको घर जलाउने प्रवृत्तिलाई कडा शब्दमा आलोचना गरेका छन् । ‘वर्षौदेखि राजनीति बाहिर रहनुभएकी एक सम्मानित प्राध्यापक, नेतृलाई जिउँदै जलाउने काम जघन्य अपराध हो,’ उनले भनेका छन्, ‘सरकारले जेनजी प्रदर्शनकारीमाथि जसरी निहत्था जनतामाथि गोली चलायो, त्यस्तै बर्बर काम यो हो ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण