'सरकारको नेतृत्वको दौडमा म छँदै छैन, मेरो नाममा विवाद गर्न जरुरी छैन'
बुधबार, २५ भदौ २०८२, १९ : ०५
सारांश
- रास्वपा सभापति रवि लामिछानेले आफू सरकारको नेतृत्वको दौडमा रहेको बताएका छन्।
- उनले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै न्यायिक निकायलाई जानकारी गराएको बताए।
- लामिछानेले आफू कुनै पनि सरकार बनाउने दौडमा नरहेको र कानुनी रूपमा मुद्दा लडिरहेको जनाए।
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले आफू अब बन्ने सरकारको नेतृत्वको दौडमा रहेको स्पष्ट पारेका छन् ।
हिजो मंगलबार नक्खु कारागारबाट रिहा भएर आएका लामिछानेले बुधबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै यस्तो बताएका छन् ।
उनले भने, 'न्यायिक निकायहरूलाई जानकारी गराइसकेको छु । म सरकार बनाउने सरकारमा जाने कुनै पनि दौडमा छैन, मैले कसैसँग कतै बैठक गरेको छैन । मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन ।'
उनले आफू यो रेसमा नभएको भनेर धेरै पटक जानकारी गराइसकेको पनि बताए । 'रेसमा नआओस भनेर डिफेन्स गर्न पर्दैन, म यो रेसमा छँदै छैन, यो देश रहनुपर्छ, लोकतन्त्र रहनुपर्छ ।' साथै आफूले आफ्नो मुद्दा कानुनी रूपमा लडिरहेको पनि उनले बताए ।
लामिछानेले बुँदा बुँदामा आफूबारे स्पष्टीकरण दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण