'रास्वपा शान्तिपूर्ण र रचनात्मक राजनीतिको पक्षमा छ'
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफूहरू शान्तिपूर्ण र रचनात्मक राजनीतिको पक्षमा रहेको बताएको छ । बुधबार महामन्त्री कविन्द्र बुर्लाकोटीले अपिल जारी गर्दै यस्तो बताएका हुन् ।
उनले लेखेका छन्,'राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ शान्तिपूर्ण र रचनात्मक राजनीतिको पक्षमा छ। र, आन्दोलनका क्रममा युवा पुस्ताले व्यक्त गरेको चाहनालाई राजनीतिक रूपमा सम्बोधन गर्ने गराउने वातावरण निर्माणमा पनि सचेत छ ।राजनीतिक कोर्षलाई सही दिशामा अगाडि बढाउन, शान्ति सुव्यवस्था कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धिमा जनस्तरबाट निरन्तर खबरदारी र पहलकदमीका लागि पनि हार्दिक अपिल गर्दछौँ ।'
सबैको साझा लक्ष्य स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताउँदै जनतामाझ आशाको सञ्चार गर्न नसकिए नयाँ नेपाल निर्माण फेरि पनि आकाङ्क्षामै सीमित हुने उल्लेख गरिएको छ ।
अबको राजनीतिक प्रक्रियालाई शान्तिपूर्ण, रचनात्मक, सहभागितामूलक र पारदर्शी बनाउन नसकिए परिवर्तनको चाहना दिगो रूपमा संस्थागत हुन नसक्ने समेत रास्वपाद्वारा जारी गरिएको अपिलमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण