१२ बजे १२ समाचार: २४ घण्टा बित्दा समेत जेनजीसँग औपचारिक वार्ता हुन सकेन, सुशीलाको नाममा बालेनको समर्थन
सारांश
- जेनजी आन्दोलनमा ३० जनाको मृत्यु भएको छ, भने एक हजारभन्दा बढी घाइते भएका छन्।
- आन्दोलनका क्रममा लुटिएका हतियारहरू बरामद गरिएको छ र प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर जारी गरेको छ।
- सुशीला कार्कीको नाम अन्तरिम सरकारको नेतृत्वका लागि अघि सारिएको छ र बालेन शाहले समर्थन जनाएका छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. आह्वानको २४ घण्टा बित्दा समेत जेनजीसँग औपचारिक वार्ता हुन सकेन
२. जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनमा परी हालसम्म ३० जनाको मृत्यु भएको जनाएको छ । यसैगरी एक हजारभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भएको मन्त्रालयले जनाएको छ ।
३. देशभरबाट ७३ थान हतियार बरामद
जेनजीको आन्दोलनका क्रममा लुटिएका थप हतियार काठमाडौँको महाराजगन्ज र माछापोखरी क्षेत्रबाट नेपाली सेनाले बरामद गरेको छ।
४. ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ?
भदौ २३ गते विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको जेनजी पुस्ताले करिब २७ घण्टामै सत्ता ढाल्न सफल भयो । २३ गते आन्दोलनमा व्यापक दमन भएपछि ठुलो मानवीय क्षति भएको थियो ।
५. नेतृत्वको चर्चापछि सुशीला कार्की:
जेनजीको आन्दोलन बदलिएको राजनीतिक परिदृश्यबिच अन्तरिम सरकारको नेतृत्व कसले गर्छ भन्ने यतिबेला चासो र चिन्ता छ । यही बिचमा जेनजीको समूहले सर्वोच्च अदालतका पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नाम अघि सारेको छ । अहिलेसम्मको परिस्थिति हेर्दा उनको नाम धेरै पक्षबाट स्वीकार गरिएको अवस्थासमेत छ । यही सन्दर्भमा उनको नेतृत्वमा सरकार बने उनका प्राथमिकता कस्ता हुोलान् ? यसै विषयमा कन्द्रित भई भारतीय टेलिभिजन न्यूज १८ लाई पूर्वप्रधानन्यायाधीश कार्कीले दिएको अन्तर्वार्ता ।
६. बंगलादेश–नेपाल तुलना
आजभन्दा करिब १४ महिनाअघिको बंगलादेश अहिले नेपालजस्तै राजनीतिक र संवैधानिक संकटबाट गुज्रिएको थियो । सन् २०२४ सेप्टेम्बर ४ तारिखका दिन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतको शरणमा पुगिन् । त्यसको दुई दिनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरिन् ।
७. लिङ्देनको प्रस्ताव :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान संसदको विघटन र संविधान खारेज गर्नुपर्नेमा जोड दिएका छन्। उनले ’जेनजी’ आन्दोलनको आडमा भएको अराजकता र भविष्यमा देशलाई थप द्वन्द्व तथा वैदेशिक हस्तक्षेपबाट जोगाउन तत्काल केही कदम चाल्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
८. जनताको सर्वोच्चता कायम राख्ने संसद्ले हो,विघटन गर्न पाइँदैनः सोबिता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपाली जनताको सर्वोच्चता कायम राख्ने संसद् भएको भन्दै संसद् विघटन गर्न नपाइने बताएकी छिन् ।
९. कार्यालय छाडेका प्रहरीलाई तत्काल सम्पर्क गर्न हेडक्वार्टरको सर्कुलर
जेनजीको प्रदर्शन चर्किएसँगै कार्यालय छाडेर हिँडेका प्रहरीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ । मंगलबार प्रदर्शनकारीहरूले काठमाडौँ उपत्यकाका दर्जन बढी कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरू कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ गएका थिए ।
१०. २७ गते बिहानसम्मका लागि निषेधाज्ञा र कफ्र्यु आदेश जारी
नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको छ ।
११. जेनजीको आन्दोलनबाट पार्टीले फाइदा लिन पाउँदैन: सुमना श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनबाट कुनै पनि पार्टीहरूले फाइदा लिन नपाउने बताएकी छन् ।
१२. सुशीला कार्कीको नाममा बालेनको समर्थन
नयाँ सरकारको नेतृत्वका लागि जेनजी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि यसप्रति समर्थन जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण