रामेछाप कारागारबाट कैदीबन्दी भाग्ने प्रयास, गोली चल्दा १२ जना घाइते
सारांश
- रामेछाप कारागारका कैदीबन्दीले सामूहिक रूपमा भाग्ने प्रयास गरे।
- कैदीबन्दी भाग्न खोज्दा सेनाले गोली चलाउँदा एक दर्जनभन्दा बढी घाइते भए।
- घाइतेहरूको उपचार भइरहेको छ, जसमा ३ जनाको अवस्था गम्भीर छ।
काठमाडाैँ । रामेछाप जिल्ला कारागारका कैदीबन्दीले सामूहिक रूपमा भाग्ने प्रयास गरेका छन्। बिहीबार बिहान उनीहरूले सामूहिक रूपमा भाग्न खोजेका हुन्।
कैदीबन्दी भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ। सेनाले चलाएको गोली लागेर एक दर्जनभन्दा बढी कैदीबन्दी घाइते भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले रातोपाटीलाई जानकारी दिए।
उनले कैदीबन्दीले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजेपछि सुरक्षा निकायले गोली चलाएर नियन्त्रणमा लिएको बताए। उनले भने,'भित्रका ताला फोडेर बाहिर गेटसम्म पुग्ने प्रयास गरियो। त्यसपछि सेनाले गोली चलायो। घटनामा १२–१३ जना घाइते भएका छन् ।' प्रमुख जिल्ला अधिकारी थापाले भने।
उनले घाइते भएकाहरूको उपचार भइरहेको ३ जनाको अवस्था गम्भीर रहेको बताए।
रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। अहिले सबै कैदीबन्दी नियन्त्रणमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण