मकवानपुरमा दिउँसो निषेधाज्ञा र राति कर्फ्यु, यस्तो छ समय तालिका
सारांश
- मकवानपुर जिल्ला प्रशासनले सुरक्षा स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा र कर्फ्यु सम्बन्धी नयाँ आदेश जारी गरेको छ।
- नयाँ आदेश अनुसार, बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण कर्फ्यु र बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।
- अत्यावश्यक सेवाका सवारी साधनहरू सञ्चालनमा रहनेछन् भने आदेश उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही हुनेछ।
हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा तथा कर्फ्यु सम्बन्धी नयाँ आदेश जारी गरेको छ। बिहीबार एक सूचना जारी गर्दै प्रशासनले नागरिकको जनधनको सुरक्षा र जनजीवनलाई सामान्यीकरण गर्ने उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अर्को आदेश जारी नभएसम्मका लागि समय तालिका सार्वजनिक गरेको हो।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचना अनुसार, जिल्लामा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रूपमा कर्फ्यु लागू हुनेछ। सो समयमा अत्यावश्यक बाहेक कुनै पनि किसिमको हिँडडुल तथा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
त्यसैगरी, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ। सो अवधिमा पनि अनावश्यक जमघट र भिडभाड गर्न पाइने छैन। प्रशासनले अत्यावश्यक कामका लागि आवतजावत गर्न निश्चित समय छुट्टाएको छ। जसअनुसार, नागरिकले बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि आवतजावत गर्न सक्नेछन्।
के–के गर्न पाइन्छ ?
आदेशको समयमा पाँच जनाभन्दा बढी मानिस भेला हुन तथा जम्मा हुन पाइने छैन। एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत अत्यावश्यक सेवाका सवारी साधनहरू सञ्चालनमा रहनेछन्।
औषधि, खाद्यान्न, पशुपन्छीको दाना, इन्धन, दूध, तरकारी र पानी ढुवानी गर्ने सवारी साधनहरूलाई रोक लगाइने छैन। सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले हवाई टिकट देखाएर सुरक्षाकर्मीसँग समन्वय गरी विमानस्थलसम्म जान पाउनेछन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा तथा कर्फ्युको आदेश उल्लङ्घन गर्ने कुनै पनि गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण