बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

थप १९२ जना कैदी नियन्त्रणमा

बिहीबार, २६ भदौ २०८२, १४ : ०६
बिहीबार, २६ भदौ २०८२

सारांश

  • सप्तरीको राजविराज कारागारबाट भाग्न खोज्ने १९२ कैदीलाई सेनाले नियन्त्रणमा लियो।
  • कञ्चनपुरमा भारततर्फ भाग्दै गरेका ७ कैदीलाई भारतीय सुरक्षा बलले नियन्त्रणमा लिएर सेनालाई बुझायो।
  • रामेछाप कारागारमा झडप हुँदा १२ कैदी घाइते, २ को मृत्यु, र ९४ हतियार बरामद गरियो।

काठमाडौँ । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ ।

नेपाली सेनाले आज विज्ञप्तिमार्फत सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका सात जना कैदीलाई नियन्त्रणमा लिई सेनालाई बुझाएको छ । एक जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएको र १२ कैदी आफैँ कारागारमा हाजिर भएका छन् ।

रामेछापस्थित जिल्ला कारागारमा कैदीले बाहिर जान पाउनु पर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि सेनाले चलाएको गोली लग्दा १२ जना कैदी घाइते हुनुका साथै दुई जनाको मृत्यु भएको छ ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ । हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको सेनाले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप