संविधानको रक्षा हुने गरी नयाँ सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले संविधानको रक्षा हुने गरी नयाँ सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै एनटीयूसीले नेपालमा बढ्दो भ्रष्टाचार, कुशासन, दण्डहीनताविरुद्ध हालैको जेनजी आन्दोलनपछि उत्पन्न जटिल राजनीतिक परिस्थितिको निकासका लागि राजनीतिक दलहरूको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएको हो ।
यही २०८२ भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनका क्रममा सरकारको कारण ३१ जना युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको तथा २४ गतेको आन्दोलनमा अराजक समूहको घुसपैठबाट ऐतिहासिक भवनहरू, प्रशासनिक तथा व्यापारिक केन्द्रहरूमा भएको आगजनी र लुटपाटबाट खर्बौँको क्षति भएकोमा एनटीयूसीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
एनटीयूसीले यी अराजक गतिविधिहरू जेनजी आन्दोलनकारीहरूको भावना विपरीत केही स्वार्थ समूहबाट भएको ठहर गर्दै घटनाको निन्दा गरेको छ । यस किसिमका गतिविधिले मुलुकलाई समृद्धिको मार्गमा दशकौं पछि धकेल्ने काम भएको सङ्गठनको भनाइ छ ।
नेपाल ट्रेड युनियन कांग्रेसले सबै घटनाको उच्च स्तरीय न्यायिक छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न र जेनजी समूहले उठाएको भ्रष्टाचार निरूपणका मागहरूलाई सम्बोधन गर्न अब बन्ने सरकारसँग माग समेत गरेको छ ।
विज्ञप्तिमा वर्तमान घटनाक्रमले मुलुकलाई अत्यन्तै तरल अवस्थामा पुर्याएको र तत्काल राजनीतिक निकासमा अन्योलता सिर्जना भएको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ ।
एनटीयूसीले श्रमिकहरूको जिम्मेवार सङ्गठनको हैसियतले यस संवेदनशील अवस्थालाई शान्तिपूर्ण समाधानका लागि संवैधानिक विधि र संवादका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।
एनटीयूसीले यस प्रक्रियामा आवश्यक सबै सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाउँदै सङ्घीय लोकतान्त्रिक प्रणालीको रक्षाका निम्ति सबै पक्षलाई धैर्य एवं संयमता अपनाउन अपिल गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिकले हटायो गृहमन्त्री र सचिवको गाडीको कालो सिसा
-
स्वकीय सचिवलाई तलब सुविधा दिने निर्णयसँगै एक जनाले थाप्नेछन् एकमुष्ट ३ लाख १२ हजार
-
रास्वपा महाधिवेशन : चितवनका नेता खुसी
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण