जेनजी अभियन्ता सुदन गुरुङले भने– संविधानभित्रैबाट सरकार गठन हुन्छ
काठमाडौँ । जेन–जी अभियन्ता सुदन गुरुङले नेपाली जनताको भावना अनुसार नै अन्तरिम सरकार भन्ने भन्दै संविधान खारेजी गर्न नखोजेको बताएका छन् ।
बिहीआार पत्रकार सम्मेलनमा उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्ने बताएका हुन् । उनले संविधान नै खारेज गर्ने कुरा आन्दोलनको नभएको बताएका हुन् ।
उनले भने, ‘नेपाली जनताको भावना, जेन–जीको भावनाअनुसार सरकार बनाउने । यो संविधान पूरै त्याग गर्ने होइन,यसलाई खारेज नगर्ने । खारेज गर्यो भने अरूहरूले हस्तक्षेप गर्छन् । नरह्यो नेपाल, नरह्यो नेपाली रु संविधानमा संशोधन गर्नुपर्छ ।’
अध्यक्ष गुरुङले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार रहेको पनि बताए । उनले संसद् विघटन पनि आफूहरूको मुख्य माग रहेको बताए । त्यसपछि मात्रै अरू कामहरू अघि बढ्ने उनको भनाइ छ ।
गुरुङले एउटा आमाको कोख अहिले रित्तो भएको भन्दै आन्दोलनमा गोली हान्नेलाई नछोड्ने बताए । यो बच्चाहरूलाई ताकी–ताकी गोली हानेछ त्यसैगरी ताकी–ताकी म निकाल्छु तिनीहरूलाई । चाहे मरेको होस् म खाल्टो खनेर भए पनि निकाल्छु । एक जनालाई छोड्दिनँ म,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण