भाटभटेनीले भन्यो, ‘दुःखद क्षणहरू गुज्रिए, हामी फेरि उठ्नेछौँ’
बिहीबार, २६ भदौ २०८२, २० : ०७
काठमाडौँ । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति भोगेको भाट-भटेनी सुपरमार्केटले पुनः उठ्ने प्रतिबद्धता जनाएको छ।
फेसबुक पोस्टमा भाटभटेनीले भनेको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं।’
कम्पनीले क्षतिपछि सरसफाइ र पुनर्निर्माणमा सहयोग पुर्याउने हजारौँ सहयोगी हातहरूको पनि प्रशंसा गरेको छ। पोस्टमा भनिएको छ, ‘हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्।’
क्षति ठूलो भए पनि भाट-भटेनीले आफ्नो संकल्प अझै बलियो रहेको उल्लेख गरेको छ। ‘भाट-भटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं,’ पोस्टमा लेखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण