क्रिकेट
एसिया कप क्रिकेटमा बङ्गलादेश विजयी, हङकङ सात विकेटले पराजित
शुक्रबार, २७ भदौ २०८२, ०० : ४७
सारांश
- एसिया कपमा बंगलादेशले हङकङलाई ७ विकेटले पराजित गर्यो।
- हङकङले पहिले ब्याटिङ गर्दै १४३ रन बनाएको थियो, जसमा कप्तान नजाकत खानले ४२ रन बनाए।
- बंगलादेशका लिटन दासले ५९ रन बनाए भने तौहिद ह्रिदोयले अविजित ३५ रन जोडे।
काठमाडाैँ । एसिया कपको खेलमा बङ्गलादेशले हङकङलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
हङकङले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १४३ रन बनाएको थियो। कप्तान नजाकत खानले ४२ रन र जिशान अलीले ३० रन जोडे। कप्तान यासिम मुर्तजाले पनि १९ बलमा २८ रन बनाए।
बंगलादेशका तन्जिम हसन साकिबले २ विकेट लिए भने रिशत हुसेनले पनि २ विकेट लिए।
१४४ रनको लक्ष्य पछ्याउँदै बङ्गलादेशले १७ ओभरमै ३ विकेट गुमाएर जित हासिल गर्यो। जितमा लिटन दासले ५९ रन बनाए भने तौहिद ह्रिदोयले अविजित ३५ रन जोडे।
यो जितसँगै बङ्गलादेशले अबुधाबीमा पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय जित दर्ता गरेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण