गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न महरा र सापकोटाको अपिल
सारांश
- पूर्वसभामुख कृष्णबहादुर महरा र अग्नि सापकोटाले नयाँ जनादेशमा लैजान आवश्यक कानुन बनाउनुपर्ने बताएका छन्।
- उनीहरूले आन्दोलनका घटनाहरूको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्।
- नयाँ सरकार निर्माण र स्वच्छ निर्वाचन गराउनुपर्नेमा जोड दिँदै, ध्वस्त संरचनाको पुनर्निर्माण र सुशासनको कुरा उठाएका छन्।
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा र अग्नि सापकोटाले सङ्घीय संसदबाट तत्काल आवश्यक कानुन निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुने बताएका छन् । महरा र सापकोटाले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
उनीहरूले जेनजी पुस्ताले आव्हान गरेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग पनि गरेका छन् ।
‘नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकाङ्क्षा, इमानदार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले प्रकट गरेको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका बलिदानपूर्ण आन्दोलनहरूले नेपाली जनतालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको छ’, उनीहरूले भनेका छन्– ‘जेन्जीको अहिलेको आन्दोलनको भावनालाई पनि यिनै ऐतिहासिक आन्दोलनको निरन्तरता मान्न सकिन्छ ।’
संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमी कमजोरी र कार्यशैलीमा देखापरेका त्रुटिहरूको स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा महरा र सापकोटाको जोड रहेको छ ।
उनीहरूले ऐतिहासिक संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधर सबैको मागलाई सम्बोधन गर्दै अग्रगमनको दिशातिर अगाडि बढ्नुपर्ने भन्दै राष्ट्रपतिबाट भइरहेको पहल स्वागतयोग्य भनेका छन् ।
‘सङ्घीय संसदबाट तत्काल आवश्यक कानुन निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुनेछ’, उनीहरूको सुझाव छ ।
आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प भएको भन्दै उनीहरूले नयाँ सरकारको पहिलो र प्राथमिक काम स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु हुनेछ भने ध्वस्त संरचनाको पुनर्निर्माण तथा सुशासनलाई ध्यान दिँदै नागरिकमा आशा जगाउने काम गर्नुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण