बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

'वर्तमान संकट समाधानका लागि संविधानको परिधिभित्र रहेर संवाद हुनुपर्छ'

शुक्रबार, २७ भदौ २०८२, १६ : ५३
शुक्रबार, २७ भदौ २०८२

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, नुवाकोटले जेन-जी आन्दोलनका क्रममा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै निष्पक्ष छानबिनको माग गरेको छ ।

इन्चार्ज हिरानाथ खतिवडा र संयोजक पुष्प लामिछानेले  शुक्रबार जारी एक विज्ञप्तिमा आन्दोलनका माग जायज भए पनि भाद्र २४ गते देशभर भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले गम्भीर अवस्था सिर्जना गरेको भन्दै त्यसको औचित्यबारे प्रश्न उठाइएको छ ।

पार्टीले दिवंगत नेता पोस्टबहादुर बोगटीको सालिकमा भएको तोडफोडप्रति आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न समेत आग्रह गरेको छ । वर्तमान संकट समाधानका लागि जेन-जी प्रतिनिधि र नेपाली सेनाबीच संविधानको परिधिभित्र संवाद हुनुपर्ने माओवादी केन्द्र नुवाकोटको भनाइ छ ।

संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र मौलिक अधिकारको रक्षा गर्दै अग्रगामी संशोधनमार्फत मात्र निकास सम्भव हुने उल्लेख गर्दै पार्टीले राजनीतिक दल, प्रशासन र आम जनतालाई संयमित भई सहकार्य गर्न आह्वान गरेको छ । साथै दशैं–तिहार नजिकिएका बेला कालोबजारी र तस्करी नियन्त्रण गर्न प्रशासनलाई सचेत गराइएको छ ।

541995342_812386854546495_5066455184238605691_n

542358882_4103972876491917_8687424260915527307_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप