भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
शुक्रबार, २७ भदौ २०८२, १७ : १५
सारांश
- भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ, जसमा अहिलेसम्म १२६ जना फर्किएका छन्।
- कारागार कार्यालयले बिहीबार सबै कैदीबन्दीको घरपरिवारमा सम्पर्क गरेको थियो र उनीहरूलाई फर्कन आग्रह गरेको थियो।
- कारागार प्रमुखका अनुसार, बुधबार ७४० कैदीबन्दी भागेका थिए र करिब ५० जना सम्पर्कमा छैनन्।
चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदी–बन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।
कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म १२६ कैदीबन्दी फर्किएका छन् । उनले भने, ‘बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए ।’ भागेका कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको प्रमुख ढुङ्गानाले बताए ।
उनले भने, ‘कतिय सम्पर्कमा हुनुहुन्छ । कारागार आउने क्रम जारी छ ।’ कारागारमा रहेका ४६ महिलामध्ये १५ आइसकेका छन् । करिब ५० जना भने सम्पर्कमा नआएको उनले जानकारी दिए । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण