षड्यन्त्रको चक्रव्यूह रचेर बन्दुकको बलमा संसद विघटन: काँग्रेस नेता भूपेन्द्रजंग शाही
शनिबार, २८ भदौ २०८२, ०१ : १४
सारांश
- नेपाली काँग्रेसका नेता भूपेन्द्रजंग शाहीले संसद विघटन असंवैधानिक भएको भन्दै राष्ट्रपति र सेनाको कदमको विरोध गरे।
- उनले सेनाले षड्यन्त्रपूर्वक गणतन्त्रको हत्या गरेको र लोकतन्त्रलाई समाप्त पारेको आरोप लगाए।
- शाहीले सार्वजनिक सम्पत्तिको सुरक्षा नगर्ने सेनाले राष्ट्रपति कार्यालयको आगलागी रोक्न नसकेकोमा गम्भीर षड्यन्त्रको संकेत देखे।
काठमाडौँ । नेपाली काँग्रेसका नेता भूपेन्द्रजंग शाहीले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति आपत्ति जनाएका छन्।
उनले हजारौंको बलिदानबाट प्राप्त संविधानलाई सेनाको बन्दुकले कुल्चेर समाप्त पारिएको र नेपाली सेनाले षड्यन्त्रको चक्रव्यूह रचेर बन्दुकको बलमा गणतन्त्रको हत्या गरेको बताएका छन्।
जनताको मतद्वारा निर्वाचित संसदलाई सेनाले बन्दुकको बलमा भङ्ग गर्नु र शहीदहरूको रगतबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई षड्यन्त्रपूर्वक समाप्त गरी निरङ्कुशता लागू गर्नु दुर्भाग्यपूर्ण कदम भएको शाहीको भनाइ छ।
साथै उनले जेनजी वा अन्य कुनै समूहले सार्वजनिक सम्पत्ति तोडफोड गर्दा, बैंक लुट्दा सुरक्षा नदिने सेनाले आफ्नो परमाधिपतिको राष्ट्रपति कार्यलयमा आगो लगाउने घटनालाई समेत रोक्न नसक्नु गम्भीर षड्यन्त्रको संकेत भएको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण