कैदीबन्दीहरूलाई कारागार फर्कन र हतियार फिर्ता गर्न आयोगको अपिल
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई कारागार फर्किन आग्रह गरेको छ।
- आयोगले भागेका कैदीबन्दीका कारण समाजमा त्रास बढेको र अपराध पीडितलाई असर परेको जनाएको छ।
- आयोगले प्रहरीलाई खोजी कार्यलाई तीव्रता दिन र नागरिकलाई सहयोग गर्न अपिल गरेको छ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले हालै भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूलाई तत्काल सम्बन्धित कारागारमा फर्कन आग्रह गरेको छ। आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै कारागारबाट भागेका कैदीबन्दीहरूका कारण समाजमा त्रास र असुरक्षा बढेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको हो।
आयोगका अनुसार, भागेका कैदीबन्दीहरूले अपराध पीडितको हकमाथि असर पारेको र विशेषगरी महिला, बालबालिका तथा अपराध पीडित परिवारमा मनोवैज्ञानिक त्रास सिर्जना भएको पाइएको छ। विज्ञप्तिमा सुरक्षा निकायलाई कैदीबन्दीहरूको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूलाई पनि कानुनी शासनको सम्मान गर्न आह्वान गरिएको छ।
यसैगरी, आयोगले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका नेपाल प्रहरीका हतियार र पोशाक फिर्ता गर्नसमेत आग्रह गरेको छ। यी हतियारको दुरुपयोग भएर हिंसात्मक गतिविधि हुन सक्ने भन्दै आयोगले यसलाई गैरकानुनी कार्यको रूपमा व्याख्या गरेको छ।
आयोगले आम नागरिकलाई पनि सहयोगका लागि अपिल गर्दै भनेको छ, ‘आफ्नो टोल-छिमेकमा भागेका कैदीबन्दी वा बालसुधारगृहबाट भागेका व्यक्तिहरू देखिएमा तत्काल नजिकको प्रहरीलाई खबर गर्नुहोस्। यस्तै, नियन्त्रणमा रहेका हतियार वा पोशाकको दुरुपयोग भएको जानकारी भएमा पनि सम्बन्धित निकायमा खबर गरिदिनुहोस्।’
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिले समाजमा शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण