आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
कपिलवस्तु प्रशासनको स्पष्टीकरण

केपी ओलीविरुद्ध जाहेरी दर्ता भएको छैन - कपिलवस्तु प्रशासन

शनिबार, २८ भदौ २०८२, १८ : ४०
शनिबार, २८ भदौ २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जाहेरी दर्ता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे स्पष्टीकरण दिएको छ । 

प्रशासनले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रतिनिधि सभा सदस्य अभिषेक प्रसाद शाहले ओलीविरुद्ध कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत जाहेरी दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शाहले ‘ज्ञापनपत्र बुझाउन छ’ भनी पत्र पेस गर्नुभएको थियो तर सो पत्र जाहेरीको स्वरूपमा रहेकाले नियमानुसार घटना घटेको स्थानमा जाहेरी दिन सुझाइएको हो । यसबारे कुनै कारबाही गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको नभएको जानकारी गराइएको छ ।’ 

545959244_1664628644454235_7579673822694758619_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप