ए डिभिजन लिग : एन्फाको घोषणा ‘हचुवाको भर’
सारांश
- एन्फाले पुस ९ गतेबाट ए डिभिजन लिग गर्ने योजना बनाए पनि होम एन्ड अवे प्रणाली सञ्चालन गर्न चुनौती देखिएको छ।
- क्लबहरूसँग मापदण्ड पूरा भएको खेल मैदान नहुनु, आर्थिक अभाव, र खेलाडी पलायनजस्ता कारणले लिग सञ्चालनमा समस्या आउने देखिएको छ।
- क्लबहरूले होम ग्राउन्डको व्यवस्थापन, आर्थिक सहयोग, र खेलाडी दर्ताको प्रक्रिया समयमै पूरा गर्न नसक्दा लिगको भविष्य अन्योलमा परेको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुस ९ गतेबाट ‘ए डिभिजन लिग’ गर्ने योजना सार्वजनिक गर्यो । तर, विभिन्न कारणले यो योजना कार्यान्वयनमा आउन कठिन देखिन्छ ।
लिग गर्न कठिन हुने मुख्य कारण होम एन्ड अवे प्रणाली सञ्चालन गर्ने योजना बनाउनु हो । लिग होम एन्ड अवे गर्न सैद्धान्तिक रूपमा सम्भव भए पनि व्यवहारिक रूपमा धेरै चुनौतीहरू छन् ।
नेपालमा सबै क्लबसँग आफ्नै मापदण्ड पुगेको खेल मैदान छैन । धेरैजसो क्लबहरूले भाडामा वा साझेदारीमा मैदान प्रयोग गर्नुपर्ने हुन्छ । जसले गर्दा यो कार्यान्वयन गर्न गाह्रो हुन्छ ।
अझ भनौँ, एन्फाले साझेदारी गरे पनि एएफसी लाइसेन्स प्राप्त गर्न असहज देखिन्छ । दर्शक क्षमता, एएफसीको मापदण्ड पुगेको रङ्गशाला, मिडिया सेन्टर, खेलाडीका लागि चेन्जिङ रुमलगायत पनि सबै क्लबलाई दिलाउन सहज छैन ।
अझ एएफसीले एकेडेमीलाई पनि प्राथमिकतामा राख्न भनेको छ । हरेक रङ्गशालामा एकेडेमी र ट्रेनिङ सेन्टर पनि उपलब्ध हुनुपर्छ । यता लिग गर्ने समय तीन महिना मात्र बाँकी रहँदा होटल र यातायातको व्यवस्था एन्फाले गर्ने या क्लबले भन्ने विषयमा कुनै निर्णय नभएको एन्फाले सीईओ इन्द्रमान तुलाधरले बताए ।
‘एन्फाले यो विषयमा छिट्टै निर्णय लिनेछ,’ तुलाधरले रातोपाटीसँग भने ।
लिग काठमाडौँभन्दा बाहिर हुँदा यातायात र बसाइको खर्च बढ्छ । धेरै क्लबहरूको आर्थिक अवस्था कमजोर भएकाले यो खर्च धान्न गाह्रो हुन सक्छ । यता सबै स्थानमा सुरक्षा व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन सक्छ । दर्शकहरूको सुरक्षा, खेलाडीहरूको सुरक्षा, र खेलको निष्पक्षता कायम राख्न सुरक्षा व्यवस्था बलियो हुनुपर्छ । यो विषयमा पनि एन्फाले साधारण रूपमा लिएको छ ।
ए डिभिजन लिग सञ्चालनका लागि मुख्य समस्या भनेको क्लबहरूले समयमै खेलाडी दर्ता र अनुबन्धको प्रक्रिया पूरा गर्न नसक्नु पनि हो । विदेशी खेलाडीहरूलाई अनुबन्ध गर्न भिसा प्रक्रिया र अन्य कानुनी प्रक्रियाहरू समयमै सम्पन्न गर्नुपर्ने हुन्छ । खेलाडी दर्तामा ढिलाइ भए लिगको समय तालिका नै प्रभावित हुन सक्छ ।
के क्लब होम एन्ड अवेका लागि तयार छन् त ?
लिगलाई व्यवस्थित र सफल बनाउन एन्फाले देखाएको तत्परता सकारात्मक भए पनि क्लबहरूका लागि होम ग्राउन्डको व्यवस्थापन, आर्थिक अभाव, खेलाडी पलायनलगायत समस्याले लिगको भविष्य अन्योलमा पर्ने पक्का नै छ ।
ए डिभिजन लिगका लागि होम एन्ड अवेको अवधारणा ल्याइए पनि धेरै क्लबहरूसँग आवश्यक पूर्वाधार नहुँदा समस्या छ । एन्फाले क्लबहरूलाई होम ग्राउन्डका रूपमा प्रयोग गर्नका लागि मैदान उपलब्ध गराउनुपर्ने भए पनि त्यसको मापदण्ड पूरा गर्न सक्ने कुनैपनि आधारहरू छैनन् ।
क्लबहरूले मैदान भाडामा लिएर वा सरकारसँग समन्वय गरेर होम ग्राउन्डको व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, आर्थिक अभावका कारण धेरै क्लबहरूले आवश्यक पूर्वाधार तयार गर्न सकेका छैनन् ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्सिङ मापदण्ड अनुसार होम ग्राउन्ड हुनुपर्ने प्रावधान छ । क्लबले होम ग्राउन्डको रूपमा प्रयोग गर्ने मैदान एएफसीको मापदण्ड अनुसार हुनुपर्ने, खेलाडी र अफिसियलका लागि आवश्यक सुविधा हुनुपर्ने लगायतका प्रावधान छन् । एन्फाले तोकेको मापदण्ड अनुसार मैदान तयार गर्न क्लबहरूलाई आर्थिक भार थपिने छ ।
क्लबहरूले मैदान भाडामा लिएर वा सरकारसँग समन्वय गरेर होम ग्राउन्डको व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, आर्थिक अभावका कारण धेरै क्लबहरूले आवश्यक पूर्वाधार तयार गर्न सकेका छैनन् ।
क्लबहरूले लिग खेल्नका लागि आवश्यक तयारी खर्च समेत पाउन सकेका छैनन् । जसका कारण क्लबहरूलाई खेलाडीको व्यवस्थापन, मैदानको तयारी लगायतका काम गर्न आर्थिक समस्या परेको छ । एन्फाले क्लबहरूलाई तत्काल आवश्यक रकम उपलब्ध गराउन सकेको छैन ।
नेपाली फुटबलमा देखिएको अर्को ठुलो समस्या भनेको खेलाडी पलायन हो । राम्रो भविष्यको खोजीमा युवा खेलाडीहरू विदेश पलायन हुने क्रम बढेको छ । जसका कारण क्लबहरूलाई स्तरीय खेलाडी पाउन मुस्किल हुँदै गएको छ । एन्फाले खेलाडी पलायन रोक्न दीर्घकालीन योजना ल्याउनुपर्ने देखिन्छ ।
ए डिभिजन लिग क्लब हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले होम एन्ड अवे प्राणालीमा लिग गर्न सकिने अवस्था नभएको बताएका छन् । उनले क्याबिनेट बैठकले नै निर्णय गरेर एएफसीको मापदण्ड पुगेको मैदान दिने हो भने आफूहरू खेल्न तयार भएको बताए ।
‘हचुवाको भरमा मात्र होम एन्ड अवे गर्छु भनेर हुँदैन, हामी एउटा प्रदेशको सानो रंगशालमा लिग खेल्न जाने कुरा हुँदैन । एएफसीको मापदण्ड पूरा भएको रङ्गशाला ५ या १० वर्षका लागि हामीलाई लिजमा दिन्छ भने खेल्न तयार छौँ,’ शेर्पाले रातोपाटीसँग भने ।
यता संकटा क्लबमा अध्यक्ष इन्द्रमान तुलाधरले पनि लिग गर्ने विषयमा एन्फाले क्लबहरूलाई होम एन्ड अवेमा क्लबले के कुरामा खर्च गर्ने अनि एन्फाले के कुरामा सहयोग गर्ने भन्ने कुरा स्पष्ट पार्नुपर्ने बताए ।
‘एन्फाले होम एन्ड अवे गर्ने कुरामा के कति सहयोग गर्ने । क्लबले के कुरामा आफ्नो कर्तव्य निभाउने भन्ने कुरामा पूर्ण रूपमा तयार हुन आवश्यक छ,’ तुलाधरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण