दैनिक उपभोग्य वस्तु अनावश्यक खरिद गरी सञ्चय नगर्न आग्रह
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालैको आन्दोलनपछि सिर्जित विषम परिस्थितिलाई सामान्यीकरण गर्दै बजारमा सहज आपूर्ति व्यवस्था कायम राख्न सूचना जारी गरेको छ ।
विभागले भदौ २३ र २४ गते भएको आन्दोलनका कारण सिर्जित विषम परिस्थिति क्रमशः सामान्यीकरण हुँदै गएकाले यस परिस्थितिमा उपभोक्ताको हित संरक्षण र दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज उपलब्धताका लागि सरोकारवाला सबैलाई विशेष आग्रह गरिएको छ ।
विभागले उत्पादक, पैठारीकर्ता (आयातकर्ता), ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता लगायत सम्पूर्ण निजी क्षेत्रलाई माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी कुनै पनि वस्तु सञ्चित नगर्न/नगराउन हार्दिक अनुरोध गरेको छ। यसले बजारमा कृत्रिम अभाव सिर्जना भई उपभोक्तामाथि आर्थिक भार पर्न सक्ने जोखिम कम हुने विभागको भनाइ छ ।
त्यसैगरी विभागले आम उपभोक्तालाई बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएकोले आवश्यकताभन्दा बढी खरिद तथा सञ्चय नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।
अनावश्यक खरिद तथा सञ्चयले पनि बजारमा कृत्रिम अभावको स्थिति सिर्जना हुन सक्ने भन्दै विभागले संयमता अपनाउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण