प्रचण्डले सक्रिय राजनीतिबाट बिदा लिनुपर्छ : बिराज थापा
आइतबार, २९ भदौ २०८२, १८ : ०१
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका उपाध्यक्ष बिराज थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् ।
प्रचण्ड र उनको पुस्ताले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताउँदै थापाले भने,'अब पनि जनताको भावना र योगदानलाई सम्मान नगरेर सक्रिय राजनीतिमा फर्कने कोसिस गरेमा विद्यार्थी सङ्गठनबाटै विद्रोह सुरु हुनेछ । उनै नेता र नेतृत्व फेरी फर्कने कोसिस गरेमा हामी कोही पनि उनीहरूसँग सती जाँदैनौँ ।'
प्रचण्डले मार्ग प्रशस्त नगरे पार्टीले हटाउनु पर्ने, पार्टीले नसके कार्यकर्ताले हटाउन पर्ने, कार्यकर्ताले नसके फेरी जनताबाटै विद्रोह हुने उपाध्यक्ष थापाले बताए ।
उनले अहिलेको अन्तरिम सरकारले भ्रष्टाचारको छानबिन प्रचण्डबाटै सुरुवात गर्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
-
संयमित र आक्रामक अर्जेन्टिनाविरुद्ध उत्साहित र रक्षात्मक इजिप्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण