गाईघाटमा तरकारीको मूल्य दोब्बर
सारांश
- उदयपुरको गाईघाटमा तरकारीको मूल्य दोब्बरले वृद्धि भएको छ, जेनजी पुस्ताको आन्दोलन र सेनाको निषेधाज्ञा हटेपछि यस्तो भएको हो।
- उपभोक्ताहरूले तरकारीको मूल्य वृद्धिले समस्या भोग्नुपरेको गुनासो गरेका छन्, विशेष गरी फर्सी, करेला, खुर्सानीको मूल्य बढेको छ।
- आन्दोलन र निषेधाज्ञाका कारण तरकारी आपूर्तिको समस्याले गर्दा मूल्य बढेको व्यापारीहरूको भनाइ छ।
गाईघाट। जेनजी आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि उदयपुरको सदरमुकाम गाईघाटको अवस्था सामान्य बन्दै गएको छ भने अहिले तरकारीको मूल्य दोब्बरले वृद्धि भएको छ ।
उपभोक्ताहरू भन्छन्, “भदौ २३ गतेभन्दा अघिको सब्जीको मूल्य र अहिले आन्दोलनपछि सेनाको निषेधाज्ञा हटेपछि तरकारीको मूल्य वृद्धि भएको छ ।”
त्रियुगा नगरपालिका–११ शान्तिनगरकी गोमा कार्कीका अनुसार आन्दोलन र निषेधाज्ञापछि अहिले उपभोक्ताले सबैभन्दा बढी समस्या तरकारीको मूल्यमा झेल्न परिरहेको कार्कीले बताइन् । आन्दोलनअघि सम्म प्रतिकिलो रु ४० देखि रु ५० मा पाइने फर्सी र करेला तथा रु ८० देखि रु १०० मा प्रतिकिलोमा पाइने खुर्सानीको दोब्बरले मूल्य वृद्धि बढेको सन्जीता खत्रीको गुनासो छ ।
यसैगरी, आलु, काँक्रा, गाजर, खुर्सानी, टमाटर, मूलाको मूल्य दोब्बरले वृद्धि भएको कारण अहिले उपभोक्ताले किनेर खान झनै समस्या हुन थालेको गाईघाट सुनगाभाटोलका भोला कार्की बताउँछन्। आजदेखि सदरमुकाम गाईघाट बजारमा सरकारी कार्यालय खुलेका र जनजीवन सामान्य बन्दै गए पनि हरियो तरकारी तथा सब्जीको मूल्य दोब्बरले वृद्धि भएको कारण उपभोक्ता मारमा पर्नु परेको उपभोक्ताको गुनासो छ ।
उदयपुरमा तरकारी कम उत्पादन हुने गरेका कारण जिल्लाबाहिर सप्तरी, सिरहा, धनुषा र सुनसरीबाट तरकारी व्यापारीले आपूर्ति गरेर बिक्री गर्ने गरेका र आन्दोलन तथा निषेधाज्ञाको समयमा बाहिरबाट र जिल्लाभित्रबाट समेत गाउँघरका तरकारी खरिद गर्न नसकिएका कारण सामान्य मूल्य वृद्धि भएको व्यापारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण