इजरायलसँग दोहोरो मापदण्ड नअपनाउन कतारका प्रधानमन्त्रीको आग्रह
सारांश
- कतारका प्रधानमन्त्रीले इजरायललाई उसको अपराधका लागि सजाय दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।
- दोहामा इजरायलले हमासका नेताहरूमाथि हवाई आक्रमण गरेपछि अरब र इस्लामिक नेताहरूको आपत्कालीन शिखर सम्मेलन आयोजना हुँदैछ।
- सम्मेलनमा इरान, इराक, प्यालेस्टाइन र टर्कीका उच्च पदस्थ नेताहरूको सहभागिता रहनेछ।
दोहा। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न’ र इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन आग्रह गरेका छन् ।
दोहामा इजरायलले हमासका नेताहरूमाथि अभूतपूर्व हवाई आक्रमण गरेपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपत्कालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित तयारी बैठकमा उनले यस्तो बताएका हुन्।
“अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्ने र इजरायलले गरेका सबै अपराधहरूको लागि सजाय दिने समय आएको छ,” उनले भने ।
प्रधानमन्त्री थानीले भने, “इजरायलले विनाशको भुमरीमा परेका कतारको छिमेकी प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न सक्ने छैन।”
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले अरब र इस्लामिक नेताहरुको सोमबारको बैठकमा ‘कतारमाथि इजरायली आक्रमणको मस्यौदा प्रस्ताव’ तयार गर्ने विषयमा छलफल हुने बताएका छन् ।
सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन र इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानी पनि सहभागी हुनेछन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास शिखर सम्मेलनको पूर्वसन्ध्यामा आइतबार दोहा पुगेका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको टर्कीका सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले यस हप्ताको सुरुमा छिमेकीको ऐक्यबद्धताको प्रदर्शनका लागि कतारको भ्रमण गरेको भए पनि उनी सम्मेलनमा पनि उपस्थित हुने बताइएको छ ।
यस क्षेत्रमा सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा रहेको कतारले संयुक्त राज्य अमेरिका र इजिप्टसँगै इजरायल–हमास युद्धमा मध्यस्थताको महत्त्वपूर्ण भूमिका खेलेको छ।
शिखर सम्मेलनले इजरायल र हमासबीचको युद्धमा ‘निर्णायक र एकीकृत अरब–इस्लामिक धारण’ र ‘स्पष्ट र विशिष्ट उपायहरू’ अगाडी ल्याउने आशा गरेको सन् २०२३ अक्टोबरमा इजरायलमा आक्रमण गरेको प्यालेष्टिनी लडाकु समूह हमासका पोलिटब्युरो सदस्य बासेम नईमले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण