वनस्थलीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
सारांश
- काठमाडौंको वनस्थली चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
- सिराहा र सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
- प्रहरीले दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ वनस्थली चोकस्थित सडकमा भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।
हाल नम्बर नखुलेको टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता, सिराहाको सिरहा नगरपालिका-३ मखनाहाचोकस्थित सडकमा माडरबाट सिराहातर्फ आउँदै गरेको बीआर ३२ एल ६८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसैगरी, सप्तरीको सुरूङ्गा नगरपालिका-५ स्थित सडकमा कुशाहाबाट कदमाहातर्फ आउँदै गरेको मधेस प्रदेश ०१-००५ प ५५११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ परमानपुर बस्ने ३० वर्षीय अनिल कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिनिस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण