अपडेट
नवनियुक्त गृह र कानुनमन्त्री अर्यालले लिए शपथ
सोमबार, ३० भदौ २०८२, १२ : ०९
सारांश
- नवनियुक्त अर्थ र कानुनमन्त्री ओम प्रकाश अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा उनलाई शपथ दिलाए।
- अर्याल चर्चित अधिवक्ता हुन् र जेनजी आन्दोलनमा सहजकर्ताको भूमिका खेलेका थिए।
काठमाडौँ । नवनियुक्त गृह र कानुनमन्त्री ओम प्रकाश अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
अर्याल चर्चित अधिवक्ता हुन् भने जेनजी आन्दोलनमा उनी सहजकर्ताको भूमिका खेलेका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल सरकारका विशिष्ट अधिकारीलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण