आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

राज्यका निकायहरूले नागरिकको आवाज सुन्नुपर्छ : उपाध्यक्ष घिमिरे

सोमबार, ३० भदौ २०८२, १७ : १५
सोमबार, ३० भदौ २०८२

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले राज्यका निकायहरूले नागरिकको आवाज सुन्ने, समस्या सम्बोधन गर्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरुरी रहेको बताएकी छन् । 

उपाध्यक्ष घिमिरेले सोमबार विज्ञप्ति जारी यस्तो बताएकी हुन् । साथै उनले यही भदौ २३ र २४ गते घटेका घटनाहरूको गहिरो अनुसन्धान गरी दोषी माथि कारबाही हुनुपर्ने बताइन् । 

उनले आन्दोलनका क्रममा ज्यान गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । 

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप