ट्रमा सेन्टरमा अझै ३८ जना उपचाररत
सोमबार, ३० भदौ २०८२, १८ : ५०
काठमाडौँ । जेनजी आन्दोलन क्रममा १८० जना घाइतेको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा गरिएको छ । ट्रमा सेन्टर उपचारमा पुगेका घाइते मध्ये सोमबार सम्म १४२ जना डिस्चार्ज भएको अस्पतालका निर्देशक डाक्टर बद्री रिजालले बताए ।
ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । जसमा तीन जनाको अस्पताल पुग्नु अघि मृत्यु भएको थियो भने पाँच जनाको उपचारको क्रममा ज्यान गएको निर्देशक डा रिजालले बताए ।
हाल ३८ जना घाइते उपचाररत छन् । जसमा पाँच जना आइसियूमा उपचाररत छन् भने दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए । अन्य ३१ जनालाई शल्यक्रियापछि वार्डमा सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण