अर्थ
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत
सोमबार, ३० भदौ २०८२, २० : १५
काठमाडौँ । यसपटक पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो ।
आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आए पनि चाडबाड नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । उक्त सूची अनुसार निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दै आएको छ ।
चाडबाडका लागि मूल्य स्थिरता कायम गर्न तथा आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण