उम्टिटीले लिए फुटबलबाट संन्यास
मङ्गलबार, ३१ भदौ २०८२, १३ : १७
सारांश
- फ्रान्सेली डिफेन्डर स्यामुयल उम्टिटीले ३१ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका छन्।
- उनले सन् २०१६ मा फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए र १५ वर्ष लामो फुटबल जीवन बिताए।
- उम्टिटीले लियोन र बार्सिलोनाबाट खेले, फ्रान्सका लागि ३१ खेलमा ४ गोल गरे।
काठमाडौँ । फ्रान्सेली डिफेन्डर स्यामुयल उम्टिटीले फुटबलबाट संन्यास घोषणा गरेका छन् ।
सन् २०१६ मा फ्रान्सेली राष्ट्रिय फुटबल टोलीमा डेब्यू गरेका उनले सन् २०१० मा लियोनको ‘बी’ टिमबाट व्यावसायिक करिअरको सुरुवात गरेका थिए ।
उम्टिटीले ३१ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् । १५ वर्ष लामो फुटबल जीवन बिताएका उनले सन् २०१२ मा सिनियर टोलीबाट खेल्न थालेका थिए ।
लियोनबाट सन् २०१६ मा बार्सिलोनामा आएपछि उम्टिटीको चर्चा झनै चुलिएको थियो । उम्टिटीले फ्रान्सका लागि ३१ खेल खेल्दै चार गोल गरेका छन् ।
त्यस्तै लियोनका लागि १३१ फ्रेन्च लिग वान खेलमा तीन गोल गरे । बार्सिलोनाका लागि भने उनले ९१ लिग खेल खेल्दै २ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण