आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली अर्पण

मङ्गलबार, ३१ भदौ २०८२, १९ : ३१
मङ्गलबार, ३१ भदौ २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा मंगलबार संयुक्त आयोजित कार्यक्रममा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य भानबादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी, ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट, खेलाडी, सञ्चारकर्मीलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

सोही अवसरमा स्व। सुलभसहित जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने सम्पूर्णको सम्झनामा मौन धारण गरिएको थियो । 

आन्दोलनका क्रममा घाइते फुटबलर पवन शाहीसहित सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप