खण्डहर बनेको भाटभटेनी, जुट्दै छ पुनर्निर्माणमा
काठमाडौँ । जेनजी प्रदर्शनकारीको निसानामा परेको भाटभटेनी सुपर स्टोर तोडफोड, लुटपाट र आगजनी भयो ।
भाटभटेनीका अनुसार देशभरि रहेका साढे दुई दर्जन सुपर स्टोरमध्ये १२ वटा ठुला स्टोर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
भदौ २४ गते लागेको आगो कतिपय स्टोरहरूमा आजसम्म पनि निभेको छैन । आगजनीबाट काठमाडौंको नक्सालमा रहेको भाटभटेनी मुख्यालय, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारको वेयरहाउस सबैभन्दा बढी क्षति भयो ।
त्यस्तै पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सुपरस्टोर पनि पूर्णरूपमा ध्वस्त भएका छन् । यसबाहेक काठमाडौं उपत्यकाका कलंकी, बालाजु र थिमि तथा उपत्यकाबाहिर जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा स्टोरमा तोडफोड र लुटपाट भएका छन् । अहिले पूर्ण रुपमा क्षति भएका भवनमा अस्थिपञ्जरमात्र बाँकी छन् ।
तर आगजनी भएर खरानी भएका भवनमा सञ्चालक मीनबहादुर गुरुङले साहस देखाउँदै पुनः उठ्ने अठोटका साथ पुनर्निर्माणमा लागेका छन् । काठमाडौं उपत्यकासहित देशभरका स्टारहरूमा पुनर्निर्माणको थालनी भएको छ ।
भाटभटेनीमा काम गर्ने कर्मचारीदेखि सिंगो टिम नै जलेर ध्वस्त भएका भवनमा खरानी पन्छाउँदै सरसफाइ र पुनर्निर्माणमा जुटेका छन् । शुक्रबारदेखि नै भाटभटेनीका कर्मचारीहरू लामबद्ध भएरसरसफाइमा जुटेका भाटभटेनीले जनाएको छ ।
भाटभटेनीले दुःखद क्षणहरू गुज्रिए पनि आशा नहराएको भन्दै पुनर्निर्माणमा जुटेको छ । भाटभटेनीले भनेको छ, ‘आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौँ ।’
क्षति ठुलो भए पनि भाट–भटेनीले आफ्नो संकल्प अझै बलियो रहेको जनाएको छ ।
_eWPZMrG3UA.jpg)
_vEAbBHc90j.jpg)
_s3ihZLfHxD.jpg)
_b3uetChruq.jpg)
_yqsfJbD05P.jpg)
_Tfmd86Rf4u.jpg)
_CMBGiASxQ6.jpg)
_C9LW82zDjU.jpg)
_7j03LRQv6L.jpg)
_EfbY9OoKVs.jpg)
_IW6sQF1Ltk.jpg)
_dZAtVxjYyC.jpg)
_KwhjQMaVD7.jpg)
_3AMzzbZjAV.jpg)
_df191LnTlk.jpg)
_7gdmC4V8tW.jpg)
_pAXLGL8NGz.jpg)
तस्बिहरू ः योगेन्द्र नगरकोटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण