खटाइएकाे स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नजाँदा सेवा प्रवाहमा समस्या
काठमाडाैँ ।स्थानीय तहहरूमा कामकाज गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूमध्ये केही कर्मचारीहरू हालसम्म पनि खटाइएको स्थानीय तहमा हाजिर हुन नगएको पाइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय,आयोग,सचिवालय,निकाय अन्तर्गत कार्यरत कर्मचारीहरूलाई स्थानीय तहमा कामकाजका लागि खटाएको थियो ।
तर खटाएको स्थानीय तहमा कर्मचारीहरू नगएको पाइएपछि मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतको पदमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई निजामती सेवा ऐन तथा नियमावलीमा उल्लेख भएका प्रावधान बमोजिम यथाशीघ्र रमाना दिई पठाउन आग्रह गरेकाे छ ।
मन्त्रालयको आजको सचिवस्तरीय निर्णयले कर्मचारीहरूलाई खटाइएको स्थानीय तहमा पठाउन मन्त्रालय,आयोग,सचिवालय,निकायहरूलाई आग्रह गरेको हो ।
खटाइएको स्थानीय तहमा कर्मचारीहरू हाजिर हुन नजाँदा स्थानीय तहको नियमित सेवा प्रवाहमा असर परेको भन्दै स्थानीय तहहरूले मन्त्रालयमा गुनासो गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण