नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ: महासचिव पोखरेल
बुधबार, ०१ असोज २०८२, १२ : ३७
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताको आकांक्षाको सम्मान गर्नुपर्ने बताए।
- उनले जेनजी आन्दोलनको आवरणमा हुने प्रतिगमनकारी कार्यको विरोध गर्नुपर्ने बताए।
- पार्टी गतिविधि नयाँ पुस्ताको विश्वास जित्ने गरी अघि बढाउनुपर्नेमा उनले जोड दिए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले जेनजी आन्दोलनको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको भने विरोध गर्नुपर्ने बताए ।
उनले नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाउनुपर्ने र जनतासँगको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्– 'जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ। आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पङ्क्तिको मनोबल उच्च बनाऔँ। संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ। लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ। जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण