धनगढीका मेयर हमालद्वारा जेनजी शहीदप्रति श्रद्धाञ्जली, सडकलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा
सारांश
- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे।
- मेयर हमालले धनगढीको एक सडकलाई 'जेनजी मार्ग' नामकरण गर्ने प्रस्ताव ल्याउने घोषणा गरेका छन्।
- यो प्रस्ताव कार्यपालिका बैठकमा लैजाने र नगरवासीलाई 'जेनजी मार्ग' नाम प्रयोग गर्न अपिल गरिएको छ।
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनमा जीवन गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै धनगढीको एक सडकलाई ' जेनजी मार्ग' नामकरण गर्ने प्रस्ताव कार्यपालिका बैठकमा लैजाने घोषणा गरेका छन्।उनले सामाजिक सञ्जाल फेसबुक एक पोस्ट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
`जेनजी आन्दोलनमा शहीद हुनु भएका सम्पूर्ण वीर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । तपाईँहरूको बलिदान केवल इतिहासको पानामा मात्र सीमित नभई यो देशका प्रत्येक युवाको मुटुमा दीप बनेर जलिरहनेछ ।' उनले न्याय, अधिकार र परिवर्तनका लागि जीवन समर्पण गर्नेहरूको साहस सबैका लागि प्रेरणाको ज्योति बनेर चम्किरहने उल्लेख गरेका छन्।
धनगढी उपमहानगरपालिकाले शहीदहरूको सम्मानमा एक महत्वपूर्ण कदम चाल्ने भएको हो ।
'धनगढी -१ जोशी मेडिकल भएको चोकदेखि पार्क मोड कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडक (धनगढी उपमहानगरपालिकाद्वारा महिला उद्यम बजार सञ्चालन गरेको क्षेत्र) सम्म जेनजी मार्ग नामकरणका लागि कार्यपालिका बैठकमा प्रस्ताव लाग्ने विषय सम्पूर्णलाई जानकारी गर्दछु ।,'
उनले उक्त सडक क्षेत्रलाई 'जेनजी मार्ग' नाम प्रयोग गर्न सम्पूर्ण नगरवासीमा अपिलसमेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण