इयान बिशपले नेपाल र वेस्ट इन्डिजको सिरिजमा कमेन्ट्री गर्ने
बुधबार, ०१ असोज २०८२, १४ : ०८
सारांश
- इयान बिशपले नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिजमा कमेन्ट्री गर्ने भएका छन्।
- नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग टी-२० सिरिज खेल्दैछ, जसमा युएईमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा हुनेछ।
- रोहित कुमार पौडेलको नेतृत्वमा १६ सदस्यीय नेपाली टोलीको घोषणा क्यानले गरेको छ।
काठमाडौँ । चर्चित क्रिकेट कमेन्टेटर तथा वेस्ट इन्डिजका पूर्व क्रिकेटर इयान बिशपले नेपाल र वेस्ट इन्डिजबिचको आगामी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा कमेन्ट्री गर्ने भएका छन्।
यो सिरिजमा नेपालले पहिलो पटक कुनै टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। युएईमा हुने यस सिरिजमा नेपालले वेस्ट इन्डिजसँग तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ।
नेपाल र वेस्ट इन्डिजबिचको सिरिज असोज ११, १३ र १४ गते (सेप्टेम्बर २७, २९ र ३०) मा खेलिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण