हर्क साम्पाङका समर्थकले सफा गरे कालिमाटीको प्रहरी वृत्त
सारांश
- भदौ २४ मा कालिमाटी प्रहरी वृत्तमा प्रदर्शनकारीको समूहले आगजनी गर्दा प्रहरीका सवारी साधन र भवनमा क्षति पुग्यो।
- प्रहरीले हवाई फायर गरेर आन्दोलनकारीलाई तितरबितर पारेको थियो भने आगजनीबाट ३१ करोडको क्षति भएको अनुमान छ।
- सफाइमा जुटेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकहरूले एउटा भवन सफा गरिसकेका छन्।
काठमाडौँ । जेनजी प्रदर्शनमा उच्छृङ्खल समूहले भदौ २४ मा प्रहरी वृत्त कालिमाटीमा आगजनी गरे । कार्यालय र ब्यारेक भवन जोगाउन हर प्रयास गर्दा पनि सम्भव नदेखेपछि डीएसपी मधु थापा प्रहरीका सवारी साधन, हातहतियार र गोलीगठ्ठा सुरक्षित गर्दै आफ्नो टिम लिएर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरतर्फ लागे । परिसरमा पुग्दा त्यहाँ पनि प्रदर्शकारीहरुले आक्रमण प्रयास गर्दै थिए । कालिमाटीबाटै गएका प्रहरीले हवाई फायर गरे अनि, आन्दोलनकारीलाई तितरबितर पारे ।
भोलिपल्ट प्रहरी कर्मचारीहरू कालिमाटीमा पुग्दा दुई वटा आधुनिक भवन जलेको थियो । कार्यालय परिसरमा रहेका १६२ वटा मोटरसाइकल र ८ वटा निजी गाडी जलेर खरानीमा परिणत भएका थिए ।
प्रदर्शनकारीहरूले छिनभरमै खरानी बनाएको कालिमाटी प्रहरी वृत्तमा बुधवार एउटा समूह सफाइमा जुटेको थियो । उनीहरुले एउटा भवन पूर्ण रुपमा सफा गरिसकेका छन् । कार्यालय भवन सफाइमा जुटेका उनीहरू धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थक हुन् ।
प्रदर्शनकारीहरूले मुद्दा शाखाका कागजात, ब्यारेक भवनमा भएका लत्ताकपडा र प्रहरीका युनिफर्म आगजनी गरेका थिए । सफा गरेर भवनमा रंगरोगन गरेर त्यहिँबाट शान्ति सुरक्षाको काम सुरु गर्ने कालिमाटी प्रहरीको तयारी छ ।
कालिमाटी प्रहरी वृत्तबाट प्रदर्शनकारीहरूले एउटा सटगन लुटेर लगेका थिए । सेनाले सो सटगन बरामद गरिसकेको छ । कालिमाटी वृत्तमा आगजनी हुँदा करिब ३१ करोड क्षति भएको आकलन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनले भने– ‘कालिमाटीमा भवन र कार्यालय परिसरमा राखिएको सवारी साधन आगजनी हुँदा करिब ३१ करोड क्षति आकलन गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण