'जेनजी आन्दोलनको फाइदा उठाउँदै रास्वपाको नाममा धम्की दिनेहरूमाथि छानबिन होस्'
बिहीबार, ०२ असोज २०८२, ०८ : १०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै रास्वपाको बदनाम गरेको आरोप लगाएको छ।
- पार्टीले निजी क्षेत्रका उद्योगी, व्यवसायी, र उच्च पदस्थ कर्मचारीहरूलाई धम्की दिएकोमा चिन्ता व्यक्त गरेको छ।
- रास्वपाले विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा आफ्नो संलग्नता नभएको जनाएको छ, र छानबिनको माग गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपाको बदनाम गरेको आरोप लगाएको छ ।
रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएको भन्दै यसतर्फ गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ ।
प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– 'यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण