महानगरको स्पष्टीकरण-‘दमकल जान सक्ने ठाउँमा तत्काल पुर्याएका थियौँ ’
सारांश
- काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनको नाममा सिंहदरबार र सर्वोच्च अदालतमा दमकल नपठाएको आरोपको खण्डन गरेको छ।
- महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दमकल जान सक्ने ठाउँमा तत्काल पठाएको र सुरक्षाको कारणले ढिलाइ भएको बताए।
- आन्दोलनको कारण आगलागी भएको ठाउँमा निभाउन ५ वटा दमकल परिचालन गरिएको पाण्डेले जानकारी दिए।
काठमाडौँ । जेनजी आन्दोलनको नाममा सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि दमकल नपठाएकोमा भएको आलोचनालाई काठमाडौँ महानगरपालिकाले खण्डन गरेको छ । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दमकल जान सक्ने ठाउँमा तत्काल दमकल पठाएको भन्दै आज पत्रकार सम्मेलन मार्फत खण्डन गरेका हुन् ।
पाण्डेले सिंहदरबारमा २४ गते बेलुकै सवा ८ बजेदेखि नै दुईवटा दमकल पुर्याएको दाबी गरेका छन् । ‘हामीले पहिले नै पठाउन खोजेका थियौँ । तर न्यूरोड लगायत क्षेत्रमा आन्दोलन जारी रहँदा सुरक्षाको कारणले पठाउन नसकेको हो । स्कर्टिङ गरेर समेत लैजान सकेनौँ । तर दमकल बेलुका नै पुर्याइसकेका थियौँ ।’
सिंहदरबार र सर्वोच्च अदालतमा दमकल पठाउन खोज्दा पनि सुरक्षाको कारण केहि ढिलाइ भएको उनले स्वीकार गरेका छन् । पाण्डेले आन्दोलनको कारण आगलागी भएको ठाउँमा निभाउन ५ वटा दमकल परिचालन भएको बताएका छन् ।
उनले काठमाडौँ महानगरको दमकल २४ गते बेलुका सवा ८ बजेबाट २६ गते बिहानसम्म विभिन्न ठाउँमा लागेको आगो निभाउन परिचालन भएको दाबी गरे । उनले पानी फिलिङ गर्न समय लाग्छ भनेर पानी ट्याकंरहरुलाई अनुरोध गरेर तत्काल फिलिङ गर्ने व्यवस्था गरेर समेत दमकल परिचालन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
-
थोरै पानी पर्दा पनि किन जलमग्न हुन्छ काठमाडौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण