चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री कार्कीलाई
सारांश
- प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भयो।
- भेटमा चिनियाँ राजदूतले नेपाललाई सहयोग गर्न चीन तयार रहेको बताए।
- प्रधानमन्त्री कार्कीले चीनसँग सहकार्य गर्न तयार रहेको बताइन्।
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेका हुन् ।
भेटमा छिमेकी देश भएको नाताले नेपाललाई हरेक प्रकारको सहयोग गर्न चीन तयार रहेको धारणा राख्दै राजदूत सोङले नेपाली जनताले गरेको आन्दोलनलाई स्वागत गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्कीले पनि नेपाल चीनसँग सहकार्य गर्न तयार रहेको र यो बेलामा आवश्यक सहयोगको अपेक्षा गरेको धारणा राखेकी छन् ।
भेटपछि सङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई दिन तथा सहयोगको प्रतिबद्धता व्यक्त गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। हामीले आपसी विचार आदानप्रदान गर्यौँ र हाम्रो मित्रता तथा सहकार्यलाई थप प्रबर्द्धन गर्न सहमत भयौँ।’
यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण